sevenstartv.com ५ पुष २०८२, शनिवार

मौद्रिक नीतिको प्रभावः बैंकहरुले ब्याजदर झनै घटाए, अब जनताले बैंकमा पैसा राख्लान् ?

३२ असार २०८२, बुधवार स्टार संवाददाता

काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलले ल्याएको मौद्रिक नीतिको प्रभाव बैंकहरुमा प्रत्यक्ष देखिएको छ । 

पौडेलले गत शुक्रवार आगामी वर्ष २०८२/८३ का लागि ल्याएको मौद्रिक नीतिमा ब्याजदर करिडोरको माथिल्लो सीमाका रूपमा रहेको बैंक दरलाई ६ दशमलव ५ प्रतिशतबाट घटाई ६ र ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरलाई ३ प्रतिशतबाट घटाएर २ दशमलव ७५ प्रतिशत निर्धारण गरिएको थियो । नीतिगत दरलाई ५ प्रतिशतबाट घटाएर ४ दशमलव ५ प्रतिशत कायम गरिएको थियो । बजारमा मुद्रा आपूर्ति बढाउने राष्ट्र बैंकको नीतिलाई टेवा पुग्ने गरी बैंकहरुले ब्याजदर घटाएका हुन् । सबैजसो बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर साउनका लागि तोक्दै असारको तुलनामा धेरै नै घटाएका छन । बैंकहरुको ब्याजदर हेर्ने हो भने कृषि विकास बैंकले ५.४५ प्रतिशत मुद्दति निक्षेपमा ब्याज दिर्दै आएकोमा साउनमा ५.४० प्रतिशत दिने भएको छ ।

अर्को एभरेष्ट बैंकले असारमा ६.५५ प्रतिशत ब्याज दिँदै आएकोमा अब मुद्दति निक्षेपमा साउनबाट ६.२५ प्रतिशत दिनेछ । यस्तै अर्को ठूलो बैंक नेपाल बैंकले ५.४५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनका लागि ५.४० प्रतिशत ब्याजदर तोकेको छ ।  लक्ष्मी सनराइज बैंकले असारमा ५.७५ प्रतिशत ब्याज दिर्दै आएकोमा साउनमा ५.५० प्रतिशत ब्याजदर दिने बताएको छ ।

यस्तै माछापुच्छ्रे बैंकले असारका लागि ६ प्रतिशत दिँदै आएकोमा उसले भने साउन पनि त्यही नै लागू गर्ने बताएको छ । एनआईसी एशिया असारको तुलनामका ब्याजदर घटाएको छ । असारमा सो बैंकले ६.५५ प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिएकोमा साउनमा त्यस्तो खातामा ६.२५ मात्रै ब्याज दिने बताएको छ ।

यस्तै, प्रभु बैंकले समेत ब्याजदरमा धेरै घटाएको छ । असारमा सो बैंकले मुद्दति निक्षेपतर्फ ६.१० प्रतिशत ब्याज दिने गरेकोमा साउनमा अब ४.२५ प्रतिशत मात्रै ब्याज दिनेछ । यता स्टान्डर्ड चार्टर्ड बैंकले भने ब्याजदर बढाएको छ । यो बैंकले साउनमा ६.२५ ब्याज दिर्दै आएकोमा साउनमा मुद्दती निक्षेपतर्फ ६.२६ प्रतिशत ब्याज दिनेछ । 

राष्ट्रिय वाणिज्य बैंकले असारमा ६ प्रतिशत ब्याज दिएकोमा साउनमा ५.५० प्रतिशत मुद्दती निक्षेपमा ब्याज दिनेछ । नबिल बैंकले पनि ब्याजदर घटाएको छ । सो बैंकले असारमा ५.७५ प्रतिशत दिर्दै आएकोमा साउनमा ५.५० प्रतिशत मुद्दती निक्षेपतर्फ ब्याज निर्धारण गरेको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्