काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट, फोहोरमैला व्यवस्थापनलाई प्राथमिकता
काठमाडौं । काठमाडौं महानगरपालिकाले ढिलो गरी आसन्न आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।
पालिकाले असार १० भित्रै आफ्नो बजेट ल्याउनुपर्ने कानूनी प्रावधान छ । तर काठमाडौं महानगरका मेयर बालेन्द्र साह र प्रमुख प्रशाकीय अधिकृत सरोज गुरागाईँबीच बेमेलको कारण बजेट तय गर्न ढिलाई भएको हो । काठमाडौं महानगरले आर्थिक वर्ष २०८२÷ ८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको सार्वजनिक गरेको छ ।
राष्ट्रिय सभागृहमा आइतबार बसेको नगरसभामा उपमेयर सुनिता डंगोलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको हो । नगरसभामा शुुरूमा मेयर साहले नीति तथा कार्यक्रम पेश गरेका गर्नुभएको थियो । नीति तथा कार्यक्रम पारित भएपछि उपमेयर डंगोलले बजेट प्रस्तुत गर्नुभएको हो । महानगरले ल्याएको बजेटमा पूर्वाधारमा ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रमा २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि रकम विनियोज गरिएको छ । बजेटमा शिक्षा, स्वास्थ्य र फोहोरमैला व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ ।

.gif)