sevenstartv.com ५ पुष २०८२, शनिवार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई ४ अर्ब २८ करोड बजेट विनियोजन

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ । 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गराएका हुन् । 

उनले सबै प्रकारका सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ९ अर्ब विनियोजन गरेको बताए । उनले बेरोजगारी समस्यालाई दिगो रूपमा समाधानको लागि श्रम बजारको माग अनुरूप युवा जनशक्तिको सीप र दक्षता विकास गरिने जिकिर गरेका छन् ।

अर्थमन्त्री पौडेलले राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमका लागि १ अर्ब ९९ करोड विनियोजन गरेको जानकारी दिए । रोजगारीको खोजीमा रहेका सीपयुक्त युवाहरूको विवरण अद्यावधिक गरी श्रम बजारमा जोड्न रोजगार पोर्टल सञ्चालन गरिने उनले बताए । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्