sevenstartv.com ५ पुष २०८२, शनिवार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब बजेट विनियोजन

१५ जेठ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई १३ अर्ब बजेट विनियोजन गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजित बजेट प्रश्तुत गर्दै यस्तो जानकारी गरा.एका हुन् । 

उनले मन्त्रालयलाई १३ अर्ब २८ करोड बजेट विनियोजन गरेको बताए । उनले होटेल, रेस्टुरेन्ट, जङ्गल सफारी लगायतका पर्यटन व्यवसायमा कार्यरत श्रमिकहरूको लागि सेवा शुल्कको माध्यमबाट प्रोत्साहन गर्न कानूनी व्यवस्था गरिने बताए ।  

अर्थमन्त्री पौडेलले सगरमाथा, पशुपति, लुम्बिनी, जनकपुरधाम, मुक्तिनाथ, स्वर्गद्वारी, रारा, खप्तड लगायतका प्रमुख धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्य स्थलहरूमा पूर्वाधार विकास गरिने जिकिर गरे । लुम्बिनी क्षेत्रको संरक्षण, विकास र प्रवद्र्धन गर्न वृहत लुम्बिनी गुरुयोजना तयार गरी कार्यान्वयनमा लैजाने उनले बताएका छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्