दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्रि मधेसका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन हुने भएको बताएका छन् ।
आर्थिक वर्ष २०८२÷०८३ को बजेट भाषणका क्रममा उनले यस्तो बताएका हुन् । यसबाट थप १२ लाख धान उत्पादन हुने सरकारको अपेक्षा छ । चैते धान खेतीका लागि सिंचाई पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन भएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मध्य तथा उच्च पहाडी जिल्लाका ८० वटा स्थानीय तहमा उच्च मूल्यका बाली वस्तुको खेती प्रवद्र्धन गर्ने सरकरको योजना छ । यसका लागि ८३ करोड रुपैयाँ विनियोजन भएको छ ।

.gif)