युवामा जोश र होश दुवै चाहिन्छ : खेलकुदमन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कानून, विधि र पद्धतिप्रति सचेत भइ काम गर्दा मात्रै युवाहरुको वर्तमान अपेक्षा पूरा हुने बताएका छन् ।
बुधबार ललितपुरमा आयोजित नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास २०२५ मा उनले कानून, विधि र पद्धतिप्रति सचेत रही त्यसअनुसार व्यवहार गर्ने बानीको विकासले युवाको वर्तमानको अपेक्षा पूरा गर्न सकिने बताएका हुन् ।
उनले युवामा जोश र होश दुवै हुनुपर्ने पनि बताए । उनले आफ्नो कार्यक्षेत्र र जिम्मेवारीलाई कुशलतापूर्वक ग्रहण गर्नसके उपलब्धि हाँसिल हुने उल्लेख गरेका छन् ।

.gif)