यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपियाँ ८४ पैसा र बिक्री दर १३६ रुपियाँ ४४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ५९ पैसा र बिक्रीदर १५५ रुपियाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ १९ पैसा र बिक्रीदर १८५ रुपियाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपियाँ २५ पैसा र बिक्रीदर १६५ रुपियाँ ९८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ४१ पैसा र बिक्रीदर ८८ रुपियाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ पाँच पैसा र बिक्रीदर ९९ रुपियाँ ४९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८१ पैसा र बिक्रीदर १०६ रुपियाँ २८ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५० पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९० पैसा र बिक्रीदर १८ रुपियाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ २२ पैसा र बिक्रीदर ३६ रुपियाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ २७ पैसा र बिक्रीदर ३७ रुपियाँ ४४ पैसा कायम भएको छ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

.gif)