sevenstartv.com ६ असार २०८२, शुक्रवार

'चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला भए'

३० वैशाख २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका सांसद् ज्ञानेन्द्रबहादुर कार्कीले नेपालले हिमाली पर्यटनलाई विविधीकरण गर्नुपर्ने बताएका छन् । 

बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा सहभागी हुँदै सांसद् कार्कीले नेपालले लामो समयदेखि हिमाली पर्यटनलाई मात्रै ध्यान दिँदै आएको तर हिमाल पग्लिँदै गएको अवस्थामा यसको विकल्पमा धार्मिक र सांस्कृतिक पर्यटनमा जानुपर्ने उल्लेख गरेका हुन् । 

उनले भने, ‘पर्यटनलाई हामीले केवल हिमाल केन्द्रित बनाएका छौँ । चाँदीजस्ता टल्किने हिमाल फलामजस्ता काला हुन थालेका छन् । अब सांस्कृतिक र धार्मिक पर्यटक भित्र्याउने केही न केही प्रावधान ल्याउनुपर्छ । रामजानकी मन्दिरलाई अघि बढाएर भारतबाट पर्यटक ल्याउनुपर्छ ।’  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्