लिभरपुलले जित्यो इंग्लिस प्रिमियर लिगको उपाधि
काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधि लिभरपुलले जितेको छ ।
गएराति भएको खेलमा टोटेनहम हटस्परलाई ५-१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि पक्का गरेको हो । दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो ।
टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई जोगाउन टोली असफल रह्यो । घरेलु टोलीका लागि लुइस डियाजले १६ औं मिनेटमा बराबरी गोल फर्काए । त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो ।
३४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा ललितपुरलले ३/१ को अग्रता कायम गर्यो । ६३ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे । डेस्टिनी उडोगीले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलको अग्रता बढ्यो ।
टोटेनहम लगातार हारसँगै १६औँ स्थानमा यथावत् छ । गएराति नै भएको अर्को खेलमा बोर्नमाउथ र म्यानचेस्टर युनाइटेडले १/१ को बराबरी खेलेका छन् ।

.gif)