sevenstartv.com ११ जेठ २०८३, सोमवार

रास्वपा सभापति लामिछानेद्वारा चीनको कोइलाखानी दुर्घटनाप्रति दुःख व्यक्त

११ जेठ २०८३, सोमवार स्टार संवाददाता

काठमाडौँ । चीनको सान्सी प्रान्तमा भएको कोइलाखानी दुर्घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुःख व्यक्त गरेका छन् । उनले दुर्घटनामा प्रभावितप्रति रास्वपाका तर्फबाट आफ्नो समाजिक सञ्जालमार्फत् सोमबार वक्तव्य जारी गर्दै समवेदना व्यक्त गरेका हुन् ।

‘चीनको सान्सी प्रान्तमा भएको दर्दनाक खानी दुर्घटनाप्रति म गहिरो समवेदना व्यक्त गर्दछु,’ लामिछानेले लेखेका छन्, ‘यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनप्रति मेरो हार्दिक समवेदना छ ।’ अझै सम्पर्कविहीन रहेका व्यक्तिहरूको सकुशल उद्धार हुनेमा आशावादी रहेको सामाजिक संजालमा उल्लेख गरेका छन् ।

यो कठिन समयमा म जनवादी गणतन्त्र चीनसँग ऐक्यबद्धता व्यक्त गर्दछु,’ वक्तव्यमा भनिएको छ । शुक्रबार उत्तरी चीनको सान्छी प्रान्तस्थित चाङझी सहरको लिउसेन्यू कोइला खानीमा बिस्फोट हुँदा कम्तिमा ९० जनाको मृत्यु भएको चिनियाँ सञ्चारमाध्यमहरुले उल्लेख गरेका थिए । उक्त खानीमा २ सय ४७ जना कामदार काम गरिरहेका उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्