sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

३० साउन २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।

अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ४९ पैसा र बिक्री दर १४७ रुपैयाँ १४ पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर  १७१ रुपैयाँ .४३ पैसा र बिक्री दर १७२ रुपैयाँ २० पैसा रहेको छ । कतारी रियालको मूल्य खरिद दर ३६ रुपैयाँ ७६ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्