sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आज सुनको मूल्य उकालो लाग्यो, कतिमा भइरहेको छ कारोबार ?

२७ साउन २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । साताको पहिलो कारोबारका दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन १ लाख ८८ हजार १०० रुपैयाँ कायम रहेको थियो ।

यता, आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको  थियो ।

 

यो पनि पढ्नुहोस्