sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आज राष्ट्रिय कर दिवस : विभिन्न जनचेतनामूलक कार्यक्रम  गरि मनाइँदै

१ मंसिर २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । आज राष्ट्रिय कर दिवस,  ‘कर प्रणालीको सार, लगानीको आधार’ नाराका साथ मनाइँदैछ । राष्ट्रिय कर दिवसको अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।

आधुनिक एवम् वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिनको स्मरण गर्दै  हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो । कर राजस्व राज्य सञ्चालनको प्रमुख आधार हो । आय कर, मूल्य अभिवृद्धि कर, भन्सार महसुललगायत करका नियमित स्रोत हुन् । अहिले कुल करदाताको सङ्ख्या ६२ लाख, ९४ हजार ८ सय २८ छ ।

त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर लिनेको सङ्ख्या २० लाख २७ हजार ६ सय ८२ र व्यक्तिगततर्फ ४२ लाख ६७ हजार १ सय ४६ छन् । आर्थिक वर्ष २०८०र८१ मा कुल राजस्व १० खर्ब ५८ अर्ब रुपैयाँ असुली भएकोमा आन्तरिक राजस्व विभागको योगदान ५ खर्ब ३३ अर्ब रुपैयाँ रहेको छ । जुन कुल राजस्व असुलीको ५० प्रतिशत हो । आन्तरिकतर्फ पनि सबैभन्दा धेरै आयकरको हिस्सा ४५ दशमलव ४० प्रतिशत रहेको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्