४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुँदै, तीन देशका ऊर्जामन्त्रीले संयुक्त उद्घाटन गर्ने
काठमाडौं । नेपालबाट ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात हुने भएको छ । आज शुक्रबार भर्चुअल रूपमा तीन देशका ऊर्जामन्त्रीले संयुक्त यसको उद्घाटन गर्नेछन् । त्यसपछि आज शुक्रबार राति १२ बजेसम्म नेपालबाट बङ्गलादेशमा ४० मेगावाट विद्युत् गएर नेपाल–बङ्गलादेशबिच विद्युत् व्यापारको औपचारिक सुरुवात हुनेछ ।
नेपाल, भारत र बङ्गलादेशबिच भएको त्रिदेशीय सम्झौता अनुसार जुन १५ देखि नोभेम्बर १५ सम्म नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यात हुनेछ । तर भोलि निर्यात भएपछि यो वर्ष ९सन् २०२४० मा थप विद्युत् निर्यात हुनेछैन । त्यसपछि २०२५ को जुन १५ देखि फेरि निर्यात सुरु हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यसलाई नेपालको विद्युत् व्यापारको लागि कोशेढुङ्गा साबित हुने बताए ।

.gif)