कांग्रेसले गर्यो पलेशालाई पाँच लाख नगदसहित सम्मान
काठमाडौं । नेपाली कांग्रेसले ओलम्पिक पदक विजेता खेलाडी पलेशा गोवद्र्धनलाई सम्मान गरेको छ । पार्टी कार्यालय सानेपामा एक कार्यक्रमकाबीच पदकधारी पलेशालाई पाँच लाख नगदसहित सम्मान गरेको हो ।
सहभागी खेलाडी भरतसिंह महतालाई ५० हजार, प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजारसहित सम्मान गरिएको छ । सम्मान कार्यक्रममा सभापति शेरबहादुर देउवाले नेपाललाई विश्वभर चिनाउने कडीका रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्ने बताएका छन् ।
पार्टी कार्यालयमा पाराओलम्पिकमा काँस्य पदक विजेता पलेशा गोवद्र्धनलाई सम्मान गर्दै देउवाले खेलाडीहरु राष्ट्रका गहना भएको उल्लेख गर्दै खेलाडीहरुको सम्मान गर्न सक्नुपर्ने बताएका हुन् । सभापत देउवाले नेपालको इतिहासमा अन्तर्राष्ट्रिय स्तरको काँस्यपदक प्राप्त हुनुले पनि नेपालको इज्जत बढेको भन्दै गोवद्र्धनको प्रशंसा गरेका छन् ।








