sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

नेप्से परिसूचक २५.४६ अंकले घट्याे

२३ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार २५.४६ अंकले घटेसँगै नेप्से परिसूचक २७०१.९ अंकमा कायम भएको छ ।

बजार दिनभर उतारचढावमा रह्यो । १२:२७ बजे २७६० अंकसम्म पुगेको बजार २:५८ बजे २६९९ सम्म झर्‍यो । ८५ कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ३ को स्थिर रह्यो । बजार घट्दा कारोबार रकम केही बढेको छ ।

बिहीबार ९ अर्ब ६५ करोडको कारोबार भएकोमा आज १० अर्ब १२ करोडको भयो । माइक्रोफाइनान्स समूह १.२१ तथा उत्पादन समूह ०.५० प्रतिशत बढे । बैंकिङ १.५८, विकास बैंक २.०७, फाइनान्स १.२४, होटल तथा पर्यटन १.४१, हाइड्रोपावर ०.६०, लगानी ०.५४, जीवन बीमा १.४२, निर्जीवन बीमा १.२८, अन्य १.३१ तथा व्यापार समूह १.२४ प्रतिशत घटे ।

 

यो पनि पढ्नुहोस्