sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

बैंकहरूबाट १ खर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

२३ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा रहेको १ खर्ब तान्ने भएको छ । बैंकहरूमा लगानीयोग्य रकम पर्याप्त भएपछि राष्ट्र बैंकले निक्षेप सङ्कलनको उपकरणमार्फत उक्त रकम तान्न लागेको हो । 

२१ दिनका लागि तान्न लागेको उक्त रकमको साँवा तथा ब्याज भुक्तानी असोज १३ गते गर्ने राष्ट्र बैंकले जनाएको छ । यसको ब्याजदर बोलकबोल माध्यमबाट निर्धारण हुनेछ । 

बैंकहरूले घटीमा १० करोड रुपैयाँ राख्ने गरी अनलाइन फारम भर्न पाउने छन् । 

यो पनि पढ्नुहोस्