sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

दराज नेपालद्वारा ९.९ वार्षिकोत्सव अभियानको घोषणा

२३ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६०%यस अभियान मार्फत नेपाली उपभोक्तालाई  किनमेलको रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको छ । 

यस ९.९ बार्षिक उत्सव अभियानको प्रमुख आकर्षणहरू मध्ये एकको रूपमा, खरीकर्ताहरूले न्यूनतम मूल्य रु.४ सय ९९ बराबरका उत्पादनहरूको  खरिद गर्दा छानिएका बिक्रेताहरू मार्फत उपभोक्ताका घरको ढोकैसम्म निःशुल्क डेलिभरीको सुविधा प्राप्त गर्न सक्नेछन् । यसका लागि उपभोक्ताले दराज एपको होमपेजमा उपलब्ध 'फ्री डेलिभरी' ब्यानरमा क्लिक गरी 'फ्री डेलिभरी' भाउचरहरू सङ्कलन गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दराजका खरिदकर्ताहरूले अभियान अवधि भर दैनिक रूपमा फ्ल्यास सेलबाट सबैभन्दा कम मूल्यमा विभिन्न क्याटेगरी तथा  सेटाफिल, बोट, एक्स-एज र पिलग्रिम लगायत साझेदार ब्रान्डहरू मार्फत ६०% सम्म छुटमा विशेष अफरहरूको मज्जा पनि लिन सक्नेछन् । दराज एपमा दैनिकरुपमा अपडेट हुने फ्ल्याश सेल सेक्सनमार्फत खरिदकर्ताहरूलाई उत्पादनहरूको खरिद गर्दा थप बचत गर्ने अवसर सदा झैँ कायम रहनेपनि कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार ९.९ वार्षिक सेल अभियान अत्यधिक छुट र बचतसँग मात्र सम्बन्धित नभई आफ्ना उपभोक्ता तथा विक्रेताहरू समेतलाई एक बेजोड अनलाइन किनमेल अनुभव प्रदान गर्ने माध्यम पनि हो । दराज नेपालको ९.९ अभियानबारे थप जानकारी www.daraz.com.np वा फेसबुक पेज वा दराज एपमार्फत पाउन सकिनेछ । 

यो पनि पढ्नुहोस्