sevenstartv.com ११ साउन २०८३, सोमवार

सरकारले स्वास्थ्य, शिक्षामा ३ प्रतिशत कर नलगाउने

५ साउन २०८३, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री बालेन शाह (वालेन्द्रले ) स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर लागू नगर्ने निर्णय गरिएको जानकारी गराएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत आफ्ना अभिव्यक्ति सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले बमोजिम कार्यान्वयन गर्दा आम मानिसले थप खर्च गर्नुपर्ने र निराशा भोग्नुपर्ने देखिएकाले हटाउने निर्णय भएको जनाएका हुन् ।

प्रधानमन्त्रीले भनेका छन्, निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता कर अहिले भने बमोजिम नै कार्यान्वयन गर्दा आममानिसले थप खर्च र निराशा भोग्नु पर्ने देखियो त्यसैले माननीय अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क लागू नगर्ने निर्णय गरिएको छ ।

उनले भनेका छन्, यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार हो । हाम्रो मुख्य उद्देश्य सुशासन कायम गर्दै सबै नागरिकलाई गुणस्तरीय जीवनको अनुभूति गराउनु हो ।’

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्