एन्फा महिला लिग : एपिएफको पहिलो जित
काठमाडौं । विभागीय टोली एपिएफले राजधानीमा जारी एन्फा महिला लिगमा पहिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा एपिएफले आर्मीलाई २-१ ले हराएको हो । जितसँगै एपिएफले तीन अंक जोडेको छ ।
पहिलो हाफको इन्जुरी समयमा सावित्रा रानामगरले एपिएफलाई सुरुआती अग्रता दिलाइन् । जारी प्रतियोगितामा एपिएफको यो पहिलो गोल हो ।
यसअघि एपिएफ पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियोे । खेलको ५६ औं मिनेटमा आर्मी खेलमा फर्कियो । विमला चौधरीले डीबक्स बाहिरबाट गरेको प्रहारले सीधै जाली चुम्यो ।
६७ औं मिनेटमा आर्मीकी गोलकिपर अञ्जना रानामगरले अनावश्यक रूपमा अनिता केसीलाई पेनाल्टी बक्सभित्र लडाउँदा एपिएफले पेनाल्टी पाएको थियो ।
जसलाई गीता रानामगरले गोलमा परिणत गरिन ।

.gif)