sevenstartv.com ५ पुष २०८२, शनिवार

अस्ट्रेलिया र स्कटल्याण्डबीचको अन्तिम टी-२० खेल आज

२२ भदौ २०८१, शनिवार स्टार संवाददाता

काठमाडौं । अस्ट्रेलिया र घरेलु टोली स्कटल्याण्डबीचको तेस्रो तथा अन्तिम टी-२० खेल आज हुँदैछ ।

खेल नेपाली समयअनुसार पानै ७ बजे एडिनवर्गमा हुनेछ । यसअघि स्कटल्याण्डसँगको टी-२० श्रृङखला अस्ट्रेलियाले जितेको छ । तीन खेलको श्रृङखला अस्ट्रेलियाले एक खेल अगाडि नै जितेको हो ।

हिजो भएको खेलमा अस्ट्रेलियाका लागि विकेटकिपर जोस इङ्ग्लिसले ४३ बलमा शतक बनाएर उनी अस्ट्रेलियाका लागि टी-२० मा सबैभन्दा कम बलमा शतक बनाउने खेलाडी बनेका छन् । 

उनले ४९ बलमा एक सय तीन रन जोडे । यसअघि आरोन फिन्च, ग्लेन म्याक्सवेल र इङ्ग्लिसले नै समान ४७ बलमा शतक पूरा गरेका थिए । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्