दीपाश्रीलाई ब्रेन ट्यूमर, अन्नपूर्ण न्यूरोमा शल्यक्रिया
काठमाडौं । अभिनेत्री दिपाश्री निरौलालाई ब्रेन ट्यूमर भइ अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत रहेकी छन् । पारिवारिक स्रोतका अनुसार मंगलबार उनको सफल शल्यक्रिया भएको जनाइएको छ ।
शल्यक्रियापछि स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । करिब डेढ हप्ता अगाडि अत्याधिक ढाड दुखाइको कारण अस्पताल गएकी दिपाश्रीलाई आवश्यक चेकजाँच गर्दा ब्रेन ट्यूमर भएको पुष्टि भए पछि थप उपचार प्रक्रिया अघि बढाइएको जनाइएको थियो । चिकित्सकले विस्तृत स्वास्थ्यपरिक्षण गर्दा ब्रेन ट्यूमर देखिएको हो ।




















