sevenstartv.com १६ असार २०८३, मङ्गलवार

सुकुमवासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

१६ असार २०८३, मङ्गलवार स्टार संवाददाता

News Summary

This Summary is Generated by AI & Editorially reviewed.

  • राष्ट्रिय सभाका सांसदहरूले शून्य समयमा सुकुमवासी र किसानका माग सम्बोधन गर्न  सरकारको ध्यानाकर्षण गराएको।
  •  १८ वर्ष मुनिकालाई दलको सदस्यता, सरकारी स्रोतको दुरुपयोग, बन्द सीमा नाका र सुपारी निर्यात लगायतका विविध जनसरोकारका विषयमा पनि आवाज उठाए।

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकको शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमवासीको माग सम्बोधन गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय धान दिवस मनाइरहँदा  पानी, मल, बीउको अभाव हुन नदिनेतर्फ सरकार सचेत हुनुपर्नेमा सांसदहरुले जोड दिएका छन् ।

सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमवासीको माग सम्बोधन गर्न  सरकारले आनाकानी नगरी जति सक्दो छिटो समस्या सुल्झाउनुपर्नेमा जोड दिएका छन्। सांसद जगत तिमिल्सिनाले रास्वपाको पार्टी सदस्यतातर्फ संकेत गर्दै नेपालको संविधान, बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको जनाए ।

रोशनी मेचेले समेत दलको सदस्य हुनका लागि १८ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था रहे पनि रास्वपाले यस तर्फ ध्यान नदिएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद मीना सिंह रखालले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउका अभाव हुन दिन नहुनेतर्फ सरकार सचेत बन्नुपर्ने बताइन् ।

त्यस्तै सांसद रञ्जित कर्णले सप्तरी राजविराजमा लाजपुर्जाको माग गर्दै  आन्दोलनरत किसानको माग सम्बोधन गर्न आग्रह गरे । सम्झना देवकोटाले गोरखा जिल्लाको हिमाली क्षेत्रमा दुई नाका भए पनि दुवै नाका बन्द भएकाले जनजीवन कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पर्यटकीय पदमार्गका लागि मात्रै भए पनि नाका खोलाउन माग गरिन् ।

 

 

सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालिन सेतो नम्बर प्लेटको गाडीमा रातो प्लेट राखेर राज्यस्रोतको दोहन गरेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् । सांसद वासुदेव घिमिरेले हालैको १२ कक्षाको परीक्षामा केही त्रुटि देखिएकामा आपत्ति जनाए । सांसद सोमनाथ पोर्तेलले सुपारीको निर्यातमा रोकिएको प्रति सरकारको ध्यानाकर्षण गराउँदै सुपारीको ‘डीएनए’ परीक्षण गर्ने निर्णय तत्काल फिर्ता लिएर किसानलाई सहयोग गर्न आग्रह गरे ।
रासस

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्