sevenstartv.com १६ असार २०८३, मङ्गलवार

पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा

२२ भदौ २०८१, शनिवार स्टार संवाददाता

चितवन । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

आज बिहान साढे ७ बजे चितवनको इच्छाकामना गाउँपालिका(३ स्थित मुग्लिन(काठमाडौं सडकखण्डको फिस्लिङ नजिकै पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो ।

सडक विभागले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको हो ।

सडक सञ्चालनमा आएसँगै जाममा परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्