sevenstartv.com १६ असार २०८३, मङ्गलवार

कान्ति लोकपथ अवरुद्ध

२० भदौ २०८१, बिहिवार स्टार संवाददाता

काठमाडौं । वर्षासँगै पहिरो खस्दा हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ अवरुद्ध भएको छ । 

मकवानपुरको बकैया गाउँपालिका-११ लाम्राङमा आज बिहान पहिरो खस्दा सडकमा आवतजावत रोकिएको प्रहरीले बताएको छ ।

सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पहिरो हटाउने काम भइरहेको जनाइएको छ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्