अबुधावीमा भएकाे आक्रमणमा सात नेपाली घाइते
काठमाडौं । संयुक्त अरब एमिरेट् यूएटईको अबुधाबीमा भएको आक्रमणमा सात नेपाली घाइते भएका छन् । अजबान क्षेत्रमा भएको घटनामा सात नेपाली र पाँचजना भारतीय नागरिक घाइते भएका हुन् ।
एक नेपालीलाई गम्भीर चोट लागेको बताइएको छ। यसअघि पनि यूएईमा आक्रमणका क्रममा भारतीय नागरिकहरू घाइते भएका समाचारमा उल्लेख छ। सरकारी समाचार संस्था डब्लूएएमका अनुसार यो घटना एक औद्योगिक क्षेत्र नजिकै भएको हो । सरकारी अधिकारीहरूले ड्रोनबाट खसेको भग्नावशेषबाट नेपाली र भारतीय नागरिक घाइते भएको बताएका छन् ।
गत हप्ताको सुरुमा, यूएईमा खलिफा आर्थिक क्षेत्र केजादनजिकै देशको वायु रक्षा प्रणालीले ब्यालिस्टिक क्षेप्यास्त्रलाई रोक्दा भग्नावशेष खस्दा पाँच भारतीय घाइते भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । त्यसअघि बिहीबार, यूएईमा अवरोध गरिएका क्षेप्यास्त्रहरूको भग्नावशेष सडकमा खस्दा मृत्यु हुने दुईजनामा एक भारतीय नागरिक पनि थिए ।
