sevenstartv.com ५ वैशाख २०८२, शुक्रवार

नेप्से परिसूचक ९० दशमलव ७३ अङ्कले घट्याे

१९ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । बुधबार शेयर बजार उच्च अङ्कले घटेर २८ सय अंक मुनि पुगेको छ । नेप्से आज ९० दशमलव ७३ अङ्कले घटेर २७३९ दशमलव ४६ विन्दुमा झरेको छ । 

आज सबै समूहको शेयर घटेकोमा बीमा, होटल, विकास बैंक, फाइनान्स, जलविद्युत्, उत्पादन, व्यपार, अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज कुमारी इक्विटी फन्डको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । 

बजार उच्च अङ्कले ओरालो लागेको दिन पाँच वटा कम्पनीका शेयर भने १० प्रतिशतले बढेको छ । आज तीन सय २० वटा कम्पनीका दुई करोड ६५ लाख कित्ता शेयर १२ अर्ब ९२ करोड रुपैयाँमा कारोबार भएका छन् । आज नेपाल फाइनान्स र एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्