sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा तीन जना पक्राउ

२० चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ परेका छन् ।

रौतहटको गरुडा नगरपालिका-७ का १८ वर्षीय चन्दन पटेल, रौतहटकै वृन्दावन नगरपालिका-७ का २० वर्षीय रोहितकुमार पटेल र सर्लाहीको बलरा नगरपालिका-८ का १८ वर्षीय धीरज साह पक्राउ परेका हुन् । 

उनीहरूले आजको परीक्षामा प्रश्नपत्र आउट गरी चिट चोराएको आरोप छ । उनीहरूमाथि इलाका प्रहरी कार्यालय गरुडाबाट अनुसन्धान अघि बढाइएको छ ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्