sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

गौतमश्री बहुउदेश्यी सहकारीका व्यवस्थापक रवीन बिष्ट पक्राउ

२० चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । कुलेश्वरमा रहेको गौतमश्री बहुउदेश्यी सहकारी संस्था लिमिटेडका व्यवस्थापक रवीन बिष्ट पक्राउ परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका-४ घर भएका ४१ वर्षी बिष्टलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाटै पक्राउ गरेको हो ।उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

पक्राउ परेका बिष्टविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाइनेछ । यो सहकारीले साढे ५ अर्ब भन्दा बढी ठगी गरेको आरोप छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्