महालक्ष्मी बैंकद्वारा एनएफ आरएस क्रेडिट लस कार्यान्वयन गर्न समझदारी
काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफ आरएस क्रेडिट लस NFRS 09: Expected Credit Loss (ECL) मोडल कार्यान्वयनका लागि के.बी चित्रकार एण्ड कम्पनी चाटर्ड एकाउन्टेससँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यस समझदारी बाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ । यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पूरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन÷अनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ्ग अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्नेछ ।
'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ८ लाख ग्राहकहरु रहेका छन् ।
मिति २०८०÷०९÷२८ मा सम्पन्न बैंकको २२ औँ वार्षिक साधारण सभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रुपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।

.gif)