रोशी खोलामा आएको बाढीले बगाएर एक जनाको मृत्यु
काठमाडौं । बीपी राजमार्ग अन्तर्गत रोशी खोलामा आएको बाढीले बगाएर एकजनाको मृत्यु भएको छ ।
बीपी राजमार्गमा काम गर्ने रोशी–७ का निवासी कुन्साङ तामाङको मृत्यु भएको हो । अविरल वर्षाका कारण आएको बाढीले बीपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ ।
बाढीले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको छ । सबैलाई सडकको अवस्थाबारे बुझेर मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।
