sevenstartv.com ८ पुष २०८२, मङ्गलवार

आजको विदेशी मुद्राको विनिमय दर : कतिमा भइरहेको छ कारोबार ?

१९ भदौ २०८१, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले आजको विदेशी विनिमय दरको भाउ तोक्दै विदेशी मुद्राको बिक्री र खरिद मूल्य तय गरेको हो ।

अमेरिकी डलरको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६४  पैसा रहेको छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९८ पैसा र बिक्री दर १७६ रुपैयाँ ७५ पैसा रहेको छ । कतारी रियालको मूल्य खरिद दर  ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्