sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

प्रतिनिधिसभाका नव निर्वाचित २७४ सांसदले आज शपथ लिँदै

४७ जनाले १७ वटा मातृभाषामा शपथ लिने तय

१२ चैत २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभाका नव निर्वाचित २७४ सांसदले आज शपथ लिँदैछन् । जसमध्ये ४७ जना सांसदले नेपाली बाहेकका भाषामा शपथ लिने तयारी गरेका छन् । ४७ सांसदले १७ वटा मातृभाषामा शपथ लिने तय भएको संसद् सचिवालयले जनाएको छ । 

प्रतिनिधिभाका नव निर्वाचत २७४ जना सदस्यको शपथ ग्रहण बिहीबार दिउँसो २ बजे हुँदैछ । प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य कांग्रेस नेता अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउनेछन्। केसीले हिजै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको थियो । संवैधानिक व्यवस्थाअनुसार संघीय संसद्का प्रत्येक सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि शपथ लिनुपर्छ । मातृभाषामा पनि सांसदहरूले शपथ लिन पाउँछन् । 

त्यसका लागि सचिवालयले तोकेको समयसीमाभित्र सम्बन्धित सांसदहरूले त्यसको जानकारी गराउनुपर्ने प्रावधान छ । सोही अनुसार मातृभाषामा शपथ लिन चाहने सांसदहरूलाई त्यसको जानकारी दिन संसद् सचिवालयले सूचित गरेको थियो । जसअनुसार ४७ जना सांसदले नेपालीबाहेकको मातृभाषामा शपथ ग्रहण गर्ने जानकारी संसद् सचिवालयलाई गराएका संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्