सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न सांसद् खतिवडाकाे आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सांसद् रामहरी खतिवडाले सरकारका मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरेका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा उनले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले केही दिनअघि नेपाल प्रहरीको महानिरीक्षकको जिब्रो थुत्नुपर्दछ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले मन्त्रीहरुलाई जिब्रोमा ब्रेक लगाएर बोल्न आग्रह गरे । सांसद् खतिवडाले गण्डकी प्रदेशमा मन्त्रीको पद बिक्री गर्न लागिएको भन्ने चर्चा चलेको भन्दै सो अभिव्यक्तिको सन्दर्भमा पनि सरकारसँग जवाफ माग गरेका छन् ।






