sevenstartv.com १ पुष २०८२, मङ्गलवार

लक्षु शर्मा अभिनित 'राधा' गीत सार्वजनिक

१८ भदौ २०८१, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । गीतकार केदार उप्रेतीको नयाँ गीत 'राधा' सार्वजनिक भएको छ । मेलिना राइ र सिडी विजय अधिकारीको स्वर रहेको गीतलाई सिडी विजयले नै संगीत भरेका हुन् । गीतमा रिकेश गुरुङको एरेन्ज रहेको छ ।

प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आभा थापा र लक्षु शर्मा फिचर्ड छन् । उत्तम हुमागाईंको छायांकन , माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई 'क्रिस्टल क्रियसन' को अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

अमेरिकाको पेन्सलभेनिया निवासी  गीतकार उप्रेतीको यसअघि पनि धेरै गीत ,साहित्यिक रचना हरु आइसकेका छन्  ।

https://www.youtube.com/watch?v=zfvSEAgaVZw

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्