sevenstartv.com ५ पुष २०८२, शनिवार

एन्फा महिला लिग : कोशीको विजयी शुरुवात, वालिङ ४-० ले स्तब्ध

१६ भदौ २०८१, आइतवार स्टार संवाददाता

काठमाडौं । एन्फा महिला लिग फुटबलमा कोशी प्रदेशले विजयी शुरुवात गरेको छ । 

अखिल नेपाल फुटबल संघको मुख्यालय सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको उदघाटन खेलमा वालिङ नगरपालिका स्याङ्जालाई ४-० गोलले पराजित गर्दै कोशीले विजयी शुरुवात गरेको हो ।

कोशीको जितमा समीक्षा मगरले २ गोल गरिन् भने सञ्जुमाया तामाङ र प्रतीक्षा राईले १-१ गोल गरे। वालिङले गोल फर्काउने प्रयास गरे पनि गोल गर्न भने सफल भएन  ।

प्रतियोगितामा नेपाल पुलिस, संकटा, कोशी प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब सहभागी रहेका छन् ।  प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ, वालिङ नगरपालिका स्याङ्जा, चन्द्रपुर नगरपालिका रौतहट र सुदूरपश्चिम प्रदेश गरी १० टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ नगद र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार पाउने एन्फाले जनाएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्