sevenstartv.com ६ पुष २०८२, आइतवार

इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा चेल्सी र न्युक्यासल युनाइटेडको खेल २–२ को बराबरीमा

६ पुष २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सी र न्युक्यासल युनाइटेडको खेल बराबरीमा सकिएको छ ।

चेल्सी घरेलु मैदानमा दुई गोलले पछि परेको स्थितिलाई उल्टाउँदै न्युक्यासलसँग २–२ को रोमाञ्चक बराबरी खेलेको हो । खेलको सुरुवात न्युक्यासलले अग्रता बनाएको थियो । खेल सुरु भएको ४औं मिनेटमा निक वल्टमेडले पहिलो गोल गरेपछि आफ्नो टोलीलाई अग्रता दिलाए र २०औं मिनेटमा उनले दोस्रो गोल पनि गरेपछि न्युक्यासलले २–० को अग्रता बनाएको थियो । 

तर दोस्रो हाफमा चेल्सी खेलमा फर्कियो । ४९औं मिनेटमा कप्तान रिस जेम्सले फ्री–किकमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । त्यसपछि ६६औं मिनेटमा जाओ पेड्रोले बराबरी गोल गर्दै परिणाम २–२ बराबरी बनाएका थिए । बाँकी समय दुवै टोलीले जितका लागि आक्रमण गर्दा थप गोल हुन सकेन । यो परिणामसँगै चेल्सी प्रिमियर लिग तालिकाको चौथो स्थानमा यथावत् रहँदै आफ्नो स्थिति बलियो बनाएको छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्