भारतीय नागरिकलाई लुटेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । नेपालमा घुम्न आएका भारतीय नागरिकलाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर-१० घर भएका ३४ वर्षीय विकाश बस्नेत र नमोबद्ध नगरपालिका-११ घर भएका ३९ वर्षीय सञ्जीव मोक्तान पक्राउ परेका हुन् । भदौ ४ मा उनीहरूले भारतीय नागरिक सुधीर मुहरालाई ठमेलबाट ट्याक्सीमा कीर्तिपुर लगेर लुटपाट गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
आरोपीहरूलाई कीर्तिपुरबाट पक्राउ गरिएको उपत्यका प्रहरीले बताएको छ । उनीहरूमाथि थप अनुसन्धान गर्न अनुसन्धान कार्यालयले प्रहरी वृत्त कीर्तिपुरमा पठाएको छ ।






