sevenstartv.com २६ मंसिर २०८२, शुक्रवार

काठमाडौंका मेयर बालेनलाई पितृशोक

१५ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई पितृशोक परेको छ । उनका बुवा रामनारायण साहको सोमबार निधन भएको हो । 

उनी आइतबार बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पताल भर्ना भएका थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको अस्पताल स्रोतले जनाएको छ ।

साहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्