sevenstartv.com २७ मंसिर २०८२, शनिवार

श्रीलङ्कामा बाढीबाट भएको क्षतिप्रति नेपालद्वारा दुःख व्यक्त

१५ मंसिर २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । श्रीलङ्कामा हालै आएको विनाशकारी बाढीका कारण अनेकौँ जनजीवनको क्षति र देशभर व्यापक क्षतिबारे नेपाल सरकारले गहिरो दुःख व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तिमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो । द्विपक्षीय नातासम्बन्धको आत्मीय भावनाका आधारमा, यस कठिन घडीमा नेपाल सरकारले श्रीलङ्कासँग दृढतापूर्वक उभिएको उल्लेख गरेको छ । 

नेपाल सरकारले दिवङ्गतको परिवारजनप्रति श्रद्धाञ्जली तथा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र र पूर्णस्वास्थ्यलाभको कामना गरेको छ । ऐक्यबद्धताको संकेतस्वरूप, नेपाल सरकारले राहत तथा पुनः स्थापनाका लागि अमेरिकन डलर दुई लाख सहायता प्रदान गर्ने निर्णय गरेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्