sevenstartv.com ३१ वैशाख २०८३, बिहिवार

नेपाल वायुसेवा निगमले सुरु गर्‍यो अस्थायी कर्मचारी कटौती

२६ कार्तिक २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको छ ।

निगमले सञ्चालन गर्दै आएका आन्तरिक स्टेशनहरूमध्ये हाल उडान सञ्चालनमा नरहेका आन्तरिक स्टेशन तथा उडान सञ्चालन रहेका आन्तरिक स्टेशनबाट हुने उडान सङ्ख्यालाई मध्यनजर गरी कर्मचारी कटौती गर्दै लाने नीतिअनुरूप करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न सुरु गरेको जनाएको छ । 

सोहीअनुरूप हाल करार सेवा तथा मासिक ज्यालादारीमा कार्यरत छ जना कर्मचारीको करार सेवा तथा मासिक ज्यालादारी अवधि आजको मितिदेखि नै लागू हुने गरी अन्त्य गरिएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्