sevenstartv.com २२ मंसिर २०८२, सोमवार

आलमको निधनमा रौतहटका चार नगरपालिकामा आज शोक बिदा

२३ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै रौतहटका चारवटा नगरपालिकाले आज  शोक बिदा दिएका छन् ।

राजपुर नगरपालिका, परोहा नगरपालिका, ईशनाथ नगरपालिका र बौधीमाई नगरपालिकाले छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै आइतबारका दिन नगरपालिकाभरि शोक बिदा दिएको जनाएका छन् । 

आलमको उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा शुक्रबार राति निधन भएको थियो । नगरपालिकाहरूले सार्वजनिक सूचना मार्फत आइतबार आफ्ना कार्यालय र मातहतका निकायहरूमा कार्य स्थगन गरी शोक बिदा मनाइएको जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्