सुत्केरीको मृत्युपछि किष्ट मेडिकल कलेज तनावग्रस्त
काठमाडौं । उपचारका क्रममा लापरबाही भएको भन्दै विरामीका आफन्तले विवाद झिकेपछि ललितपुरस्थित किस्ट शिक्षण अस्पतालमा तनाव उत्पन्न भएको छ।
विरामीका आफन्त नाराबाजी र तोडफोडमा उत्रिएपछि तनाव उत्पन्न हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
कात्तिक ७ गते अस्पतालमा आएकी एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर उनका आफन्तले आन्दोलन गरेका हुन्। उनीहरूले अस्पतालको लापरबाहीले गर्भवतीको ज्यान गएको आरोप लगाएका छन् ।
आक्रोशित आफन्तहरूले आइतवार पनि अस्पतालमा सामान्य तोडफोड गरेका थिए। अस्पतालले भने उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

.gif)