sevenstartv.com २७ मंसिर २०८२, शनिवार

आज यमपञ्चकको पाँचौँ दिन, गाई तिहार मनाइँयो

५ कार्तिक २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । आज यमपञ्चकको पाँचौँ दिन विधिपूर्वक गाई र गोरुको पूजा आराधना गरिएको छ । सनातन कालदेखि चलिआएको विधि अनुसार गाईलाई पवित्र मानी गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षा बन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत छ ।

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्