स्कुटर दुर्घटना : दुई जनाको मृत्यु
काठमाडौं । चितवनमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । भरतपुर विमानस्थल नजिकै आज बिहान स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा दुई युवाको मृत्यु भएको हो ।
गएराति भरतपुर–१० स्थित विमानस्थल नजिकै बाप्र ०६–००३ प ०६९२ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा परी स्कुटर चालक भरतपुर–२१ का २५ वर्षीय सन्दीप घिमिरे र स्कुटर पछाडि सवार सोही स्थानका २८ वर्षीय कुशल अर्यालको मृत्यु भएको हो ।
दुर्घटनामा दुवै जनाको टाउकामा चोट लागेर गम्भीर अवस्थामा उपचारका लागि भरतपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

.gif)