sevenstartv.com २७ मंसिर २०८२, शनिवार

विपिन जोशीको शव सोमबार नेपाल ल्याइने

२ कार्तिक २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं ।  कञ्चनपुरका विपिन जोशीको शव सोमबार नेपाल ल्याइँने भएको छ ।  उनको शव फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याउन लागिएको हो। सो विमान दिउँसो काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका  छ ।

विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुने तयारी छ । अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए  ।

। त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु भएको पुष्टि गरेका थिए ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्