sevenstartv.com २१ मंसिर २०८२, आइतवार

चितवनमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

३१ असोज २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडाैं । चितवनमा पर्यटक बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा दामोदर घिमिरेको मृत्यु भएको हो । 

बागमती प्रदेश ०१–००१ प १६८४ नम्बरको बसले ग २० प ८५५९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । 

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्