सर्लाहीमा सर्पको डसाइबाट एक महिलाको मृत्यु
काठमाडौं । सर्लाहीको कौडेना गाउँपालिका-२ फूलपरासीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ ।
गोमन सर्पको डसाइपछि समयमा अस्पताल नपुग्दा स्थानीय रवीन्द्र यादवकी श्रीमती ४२ वर्षीया नयनदेवी यादवको मृत्यु भएको हो । सर्पले डसेपछि परिवारका सदस्यले उनलाई नजिकैको विषहरा बाबा मन्दिरमा
झारफुकका लागि लगेका थिए । तर, अवस्था गम्भीर भएपछि मात्रै उनलाई अस्पताल ल्याइएको थियो । परिवारका सदस्यहरूले नयनदेवीलाई पछि प्रादेशिक अस्पताल मलङ्गवा पु¥याए, तर अस्पताल पुगेका बेला चिकित्सकहरूले उनलाई मृत घोषित गरे ।

.gif)