रामेछाप कारागारमा गोली चल्यो, २ जनाको मृत्यु
काठमाडौं । रामेछाप कारागार तोडेर भाग्न खोजेका कैदीलाई रोक्न गोली चल्दा २ जनाको मृत्यु भएको छ ।
बिहीबार बिहान कैदिबन्दीले विभिन्न च्यानलमा लगाएको ताल्चा फोडेर भाग्न खोजेपछि कैदीलाई नियन्त्रणमा लिन नेपाली सेनाले गोली चलाउँदा २ जनाको मृत्यु भएको हो ।
एकजना कैदी गम्भीर छन् भने अन्य १० जना पनि घाइते भएका छन् । घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भइरहकोछ । .कारागारमा महिला १६ तथा पुरुष ३१८ गरी ३३४ जना कैदी थिए ।

.gif)