नेपाल टेक मार्केटले गर्याे फोहोर व्यवस्थापनलाई स्मार्ट बनाउन नयाँ सफ्टवेयर प्रणाली सार्वजनिक
काठमाडौं । नेपालको फोहोरमैला व्यवस्थापनलाई आधुनिक र स्मार्ट बनाउन नेपाल टेक मार्केटले एक नयाँ सफ्टवेयर प्रणाली सार्वजनिक गरेको छ । यो प्रणाली सोलिड वेष्ट एसोसिएसन म्यानेजमेन्ट नेपाल, अपकोड नेपाल र नेपाल टेक मार्केटको सहकार्यमा विकास गरिएको हो ।
फोहोरलाई समस्या मात्र नभई यसलाई पुनःप्रयोग र पुनःचक्रण गरेर दिगो समाधान सिर्जना गर्ने अवसरको रूपमा लिनुपर्ने जनाइएको छ । यो फोहोर व्यवस्थापन सफ्टवेयरका सम्भावित प्रयोगकर्ताहरूमा फोहोरमैला व्यवस्थापन कम्पनी, घरपरिवार, अस्पताल, होटल, व्यवसायी, विद्यालय, र सरकारी संस्थाहरू पर्छन् ।

.gif)